काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा अवरोध गरेपछि साउन १५ गतेसम्मका लागि वैठक स्थगित भएको छ ।
एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको गठन गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले बेल घेराउ गर्दै सुन तस्करलाई कारवाही गर, उच्चस्तरीय छानविन समिति गठन गर भन्दै नाराबाजी गरेका हुन्।












