चितवन । घाँटीमा लगाइरहेको सुनको सिक्री थुतेर भाग्ने व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ घर भई हाल भरतपुर–४ सिर्जनाटोल बस्ने ४३ वर्षीय झलक जैसी रहेका छन् ।
भदौ २३ गते बिहान ८ः१० बजेको समयमा लंकुस्थित सडकमा हिँडिरहेकी स्थानीय ७० वर्षीय खगेश्वरी भुषालले लगाएको सुनको सिक्री जैसीले स्कुटरमा आएर घाँटीबाटै थुतेर फरार भएका थिए ।
निजको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा प्रहरीले असोज १ गते चोरी गरेको सुनको सिक्री, चोरी गर्दा प्रयोग गरेको ना ४३ प ७४८५ नम्बरको स्कुटरसहित जैसीलाई पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताए ।
चोरी तथा डाँका कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर जैसीमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए ।











