चितवन । चितवन मासु व्यवसायी संघ गठन भएको छ । खसी बोका मासु व्यवसायी संघ चितवनको प्रथम वार्षिक साधारण सभा एवम् अधिवेशनमा कुखुरा, खसी, रांगा र बंगुर मासु व्यवसायी एकिकृत भएर मासु व्यवसायी संघ गठन भएको हो । चितवन मासु व्यवसायी संघको अध्यक्षमा गणेशप्रसाद कँडेल सर्वसम्मत चयन भएका छन् । उनी यसअघि खसी बोका मासु व्यवसायी संघको महासचिव थिए ।
कँडेलको नेतृत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति गठन भएको हो । संघको उपाध्यक्षमा टुकलाल खड्गी, महासचिवमा भुपेन्द्र कार्की, सह–सचिवमा युवराज थापा र कोषाध्यक्षमा सोमनाथ खनिया सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा श्याम शाही, बाबुराम शाही, मनोज खड्गी, खेमनारायण श्रेष्ठ, सन्तोष बुढाथोकी, सुरेश शाही, इन्द्र बहादुर सारु मगर र खैरुल्लाह देवान चयन भएका छन् ।
संघको पदेन सदस्यमा खसी बोका मासु व्यवसायी संघका निवर्तमान अध्यक्ष उद्धव प्रसाद तिमिल्सिनालाई चयन गरिएको छ । व्यवसायीहरु एकिकृत भएसँगै मासु व्यवसायी संघमा आबद्ध व्यवसायीको संख्या करिब ५०० पुगेको अध्यक्ष कँडेलले बताए । व्यवसायीक हक हित र प्रवद्र्धनका लागि नयाँ कार्यसमितिले उदाहरणीय काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।












