भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा माछा मार्ने क्रममा बाघले आक्रमण गर्दा सोमबार एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका –२८ कोटेनी बस्ने २६ वर्षिय आस बहादुर बोटेको दिउँसो ३ बजेर २० मिनेटमा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिब्यनगरबाट टोली खटाइएको छ ।












