चितवन । भरतपुर महानगरपालिका–१६ गणेश मन्दिरस्थित नारायणी नदीको बीच भागमा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो करिब १ बजे हाल पहिचान नखुलेको पुरुषको शव फेला परेको हो । शवको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











