चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पछिल्लो २४ घण्टामा कुनै अवरोध छैन । सवारी साधनहरु नियमित रुपमा सञ्चालन भइरहेका छन् । यद्यपी पानी परिरहेकाले जुनसुकै बेला पहिरो जाने सम्भावना छ ।
यस वर्ष नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला (तीन नम्बर) पुल नजिक पहिरोले धेरै दुःख दिएको छ । चट्टाने पहिरोले यो सडक लगातार २७ घण्टासम्म अवरुद्ध भएको थियो ।
पहिरोको जोखिम भने कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
कार्यालयका अनुसार पहिरो गएपछि सडक खुलाउन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ । यो सडक खण्ड गएको बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।












