चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड मध्यरातदेखि अवरुद्ध भएको छ । तुइन खोला नजिकै पुनः ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
ठूलो पहिरो खसेकाले पन्छाउन दिनभर लाग्न सक्ने स्थानीय पत्रकार विनोद श्रेष्ठले जानकारी दिए । उक्त स्थानमा यसअघि पनि पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।
सडक अवरुद्ध भएपछि मुग्लिनबाट नारायणगढतर्फ आउने र नारायणगढबाट मुग्निलतर्फ जाने सवारी साधनको लामो लाइन लागेको छ । पहिरोले गर्दा यहाँ २८ घण्टासम्म सडक अवरुद्ध भएको छ ।












