चितवन । इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा बेवारिसे एक महिलाको शव फेला परेको छ । पृथ्वी राजमार्गको सडक छेउमा महिलाको शव फेला परेको हो ।
आज बिहान २ बजेको समयमा हाल पहिचान नखुलेको करिब २० वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । सडक छेउमा मृत अवस्थामा महिला फेला परेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।











