चितवन। मिडिया हब मार्फत निर्मित र AP1 तथा Media hub युटुब च्यानलबाट प्रसारित कमेडी हब कार्यक्रम विवादमा आएपछि माग्ने बूढाले दर्शकसँग माफी मागेका छन् ।
उक्त कार्यक्रमको एक प्रस्तुतीमा आाराध्यदेब महादेवलाई लिएर बनाइएको विषयमा दर्शक तथा शुभचिन्तकबाट असन्तुष्टि व्यक्त गरेपछि कार्यक्रमका निर्देशक केदार प्रसाद घिमिरे (माग्ने बूढा)ले फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन् ।
कार्यक्रममा विवादित मानिएको उक्त ट्रेलरलाई युटुब, टिकटक र फेसबुक सबैतिर पुन:सम्पादन गरेर अपलोड गरेको घिमिरेले जानकारी दिएका छन् ।
पपगायक सञ्जय श्रेष्ठले यो कमेडी शोको उक्त श्रृंखलाको प्रसारण रोक्न माग गरेका छन् । भगवान् शिवजीलाई मजाकको पात्र बनाइएको भन्दै उनले हिन्दू आस्थामाथि यसले प्रहार गरेको दाबी गरेका छन् ।











