चितवन । लोक सेवा आयोगले सञ्चालन गर्ने खरिदार वा सो–सरह पदको लिखित परीक्षा कार्यक्रमको मिती तोकेको छ ।
आयोगले २०७८/२०७९ मा प्रकाशित विज्ञापन बमोजिम परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका विभिन्न पदका लिखित परीक्षा भदौदेखि हुने भएको छन् ।
लोक सेवा आयोगले जारी गरेको सूचना अनुसार २०७९ भदौ २५ गते विहान ११ बजेदेखि संयुक्त र एकिकृत समूहको प्रथम पत्रको परीक्षा हुने भएको छ । त्यस्तै गरी द्वितीय र तृतिय पत्रको परिक्षा २०७९ कात्तिक १८ र १९ गते हुने लोक सेवा आयोगले जानकारी दिएको छ ।
न्याय, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाको संयुक्तको प्रथम पत्रको परीक्षा २०७९ कात्तिक २० गते दिउँसो २ बजेबाट हुने लोक सेवा आयोगले जनाएको छ । त्यस्तै गरी द्वितीय पत्र भने २०७९ कात्तिक २१ गते हुने भएको छ ।












