काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ। बहस सकिएसँगै आजै आउन लागेको हो। आदेश आउनै लाग्दा जिल्ला अदालत काठमाडौं परिसर र आसपासमा उच्च सुरक्षा व्यवस्था गरिएको छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएसँगै आज बेलुकीसम्ममा आदेश आउने प्रवक्ता दीपक दाहालले जानकारी दिए। न्यायाधीश न्यौपानेको इजलासले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने आदेश गर्नेछ।
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट मोटो रकम असुल गर्ने गिरोहमा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। ईन्द्रजित राईलगायत १८ जनालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ।











