काठमाडौं । विद्यार्थी लक्षित सुरक्षा चेकिङ अन्र्तगत शुक्रबार मात्रै ३६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
कारवाहीमा पर्नेमध्ये कागजपत्र साथमा नबोकेका २० जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १५ जना र तीन जना सवार एक जना विद्यार्थी चालक छन् ।
सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि साउन अन्तिम साताबाट सुरु गरिएको विद्यार्थी लक्षित बिशेष सुरक्षा चेकिङमा हाल सम्म एक हजार २७७ विद्यार्थी चालकलाई कारवारी गरिसकिएको काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।











