भरतपुर। सनराइज इङ्ग्लिस स्कुल भरतपुर चितवनले २०७९ मा एसईई परीक्षामा सम्मिलित विद्यार्थीहरुवीच जिल्ला स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
जेठ २५ गतदेखि २९ गते सम्म भएको उक्त प्रतियोगितामा चितवन जिल्लाका विभिन्न ३० विद्यालयहरुको सहभागिता रहेको थियो ।
जेठ २९ गते सम्पन्न फाइनल खेलमा भरतपुर स्थित नारायणी नमुना मा.वि. टाइब्रेकरमा विश्व प्रकास मा.वि.लाई पछि पार्दै विजेता हुन सफल भयो । नक आउट आधारमा खेलाईएको उक्त खेलमा विजेता टिमलाई नगद आठ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको कार्यक्रमका संयोजक तथा सनराइज इङ्गिलस स्कुलका प्लस टु संयोजक जिवलाल चालिसेले जानकारी दिए ।
चालिसेका अनुसार खेलको उप विजेता टिमलाई नगद चार हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । साथै दुवै टिमका खेलाडीलाई कक्षा ११ मा भर्ना हुँदा प्रति विद्यार्थी बिस हजार बराबरको छात्रवृति प्रदान गरिने कुराको घोषणा समेत गरिएको चालिसेले जानकारी दिए ।
उक्त खेलमा टप स्कोररका रुपमा माध्यमिक विद्यालय गंगानगरका सुरज पावेले प्राप्त गर्न सफल भए । त्यस्तै उत्कृष्ट गोल किपरमा नारायणी नमुना माध्यमिक विद्यालयका सुजल आचार्य भए भने उत्कृष्ट खेलाडीका रुपमा सोही विद्यालयका सनिस गोदार पुरस्कृत हुन सफल भए ।
विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले सम्पूर्ण विद्यालय तथा खेलाडीहरुलाई सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै समुज्वल भविष्यको कामना गरे ।
विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख सुजन तिवारी, इन्टर्याक्ट क्लब अफ सनराइजका पदाधिकारी लगाएत सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उत्साहपूर्ण सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको चालिसेले बताए ।












