काठमाडौं । चालू आर्थिक वर्ष २०८९/८० को साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा १२ लाख रुपैयाँको अक्टोपस आयात भएको छ ।
भन्सार विभागले दिएको जानकारी अनुसार यस अवधिमा विदेशबाट ३४० किलोग्राम अक्टोपस भित्रिएको विभागको तथ्यांक छ । उक्त परिणामको अक्टोपस आयात हुँदा राज्यले ५ लाख ९५ हजार रुपैयाँ राजश्व उठाएको छ ।
नेपाल भित्रिएको सम्पूर्ण अक्टोपस थाइल्याण्डबाट आउने गरेको तथ्यांक छ । नेपालमा सी फूडको प्रचलन बढ्दै जाँदा अक्टोपस लगायत विभिन्न प्रकाकार समुन्द्री माछाको आयात वर्षेनी बढ्दै गइरहेको छ ।












