काठमाडौँ । नेपाली कांगेसका महामन्त्री गगन कुमार थापालाई डेङ्गु भएको छ ।
डेङ्गु लागेका थापा घरमै आराम गरिरहेको कांग्रेस सचिवालयले जनाएको छ ।
पछिल्लो समय देशैभर डेङ्गुको जोखिम बढ्दै गइरहेको छ ।
सरोकारवाला निकायहरुले स्वास्थ्य सर्तकता अपनाउन आममानिसलाई विभिन्न जनचेतनामूलक सामाग्रीमार्फत् आग्रह गरेका छन् ।











