-सुनिता सुवेदी
भरतपुर। भरतपुर महानगरपालिका–१० स्थित मालिका चोकमा रहेको मालिका फ्रेस हाउसबाट ५ बोरा सडेको मासु बरामद गरी नष्ट गरिएको छ । सडेको मासु भेटिएपछि भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालको निर्देशनमा मालिका फ्रेस हाउस बन्द गराइएको छ ।
उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरबाही हुने किसिमले गलेको मासु बिक्रि वितरण गर्दै आइरहेको भन्दै भरतपुर महानगरपालिकाको अनुगमन टोलीले पाँच बोरा मासु खाल्डो खनेर नष्ट गरेको हो ।
आगामी दिनमा जनस्वास्थ्यमा ख्याल गरेर पसल सञ्चालन गर्न उक्त फ्रेस हाउसका सञ्चालक दिनेश तिमिल्सिनालाई महानगरले चेतावनी दिएको छ । तिमिल्सिनाले खान मिल्ने नमिल्ने मासु एकैठाउमा राखेको स्वीकार गरेका छन् ।
भरतपुर महानगरपालिकाका पशु चिकित्सक डा दिपेश केसीले मालिकाले मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको बताए ।












