चितवन । नारायणी पुलबाट नदीमा हाम फालेका अन्दाजी ३२ वर्षीय पुरुष बेपत्ता भएका छन् । आज बेलुका करिब ७ बजेको समयमा एक व्यक्तिले नदीमा हाम फालेका थिए । ती व्यक्तिको नामथर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले नजाएको छ ।
पुलमा प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्बर रङको स्कुटर, निलो रङको चप्पल र सामसुङ कम्पनीको एक थान मोबाइल फेला परेको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको खोजीका लागि विपद व्यवस्थापनसहितको प्रहरी टोलि खटिएको उनले बताए ।











