काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको जनाएको छ ।
३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नुपर्ने अर्थात् एमडिएमएसमा दर्ता नभएका मोबाइल सेटले काम गर्ने छैनन् ।
यही कारण प्राधिकरणले ३० भदौ पछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए नभएको एकिन गर्न आग्रह गरेको छ ।
मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयात गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ । प्राधिकरणले एमडिएमएसमा दर्ता भएका मोबाइलहरुमा आज ‘दर्ता भएको’ सूचना पठाइरहेको छ ।