काठमाडौं । काभ्रेको पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा परि स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्यान गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।
पहिरो बिहीबार बिहान खसेको थियो ।











