चितवन । इच्छाकामना गाउँपालिका– ६ मुग्लिन नारायणगढ सडक खण्डमा गएको सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा नामु सडक खण्डको ३ नम्बर पुल स्थितमा माथिबाट सुक्खा पहिरो झरी दुबै तर्फ बटो अबरोध भएको हो ।
सडक विभागसँग समन्वय गरेर लोडरले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजय राज पण्डितले जानकारी दिए ।












