काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबारको संसद बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेका हुन् ।
अहिले राष्ट्रपति पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।












