काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका-१ बेलिनमा गएको हिमपहिरोमा परी बेपत्ता हुनेमध्ये तीनजनाको शव भेटिएको छ।
हिजो दिउँसो गएको हिमपहिरोमा पुरिएका ५ मध्ये दुई महिला र एक युवकको शव फेला परेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।
उनका अनुसार दुई महिलाको सनाखत भएको छैन भने युवक जुहु गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर रहेका छन्।
भौगोलिक कठिनाइका कारण फेला परेका शव निकाल्न नसकिएको प्रजिअ जोशीले बताए। बाँकी बेपत्ता दुईजनाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। यार्सागुम्बा खोज्न १२ जना बोलिनतिर गएका थिए।












