भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफुविरुद्ध चौतर्फी घेराबन्दी भएको दाबी गरेका छन् ।

फोटोः शब्द सञ्चार
रास्वपाले आज भरतपुरको गेष्ट हाउस चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफुविरुद्ध घेराबन्दी भएपनि वैशाख १० गतेको उपनिर्वाचनमा जनताले जिताउने विश्वास व्यक्त गरे ।

फोटोः शब्द सञ्चार
रास्वपाका उम्मेदवारलाई हराउन सबै ठूला दलहरु एकठाउँमा उभिएको उनले आरोप लगाए । भ्रष्टाचारको फाइल खोल्ने तयारी गरेपछि आफुविरुद्ध मुद्धामाथि मुद्धा लगाउने खेल भएको उनले दाबी गरे ।

फोटोः शब्द सञ्चार
चुनावी सभालाई रास्वपाका तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्ले, सांसद सन्तोष परियार, सोविता गौतम, डा तोसिमा कार्की, रास्वपा महामन्त्री मुकुल ढकाल लगायतले सम्बोधन गरेका थिए ।

फोटोः शब्द सञ्चार

फोटोः शब्द सञ्चार

फोटोः शब्द सञ्चार