काठमाडौं। नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
मंगलवार उनीहरूले एनओसी दिनुपर्ने माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन्। सरकारले गत वर्षको चैत्र २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
विभिन्न इन्स्टीच्युटमा अध्ययनरत विद्यार्थीहरूले नो अब्जेक्शन सर्टिफिकेट ९एनओसी० विषयलाई लिएर दबाबमूलक प्रदर्शन गरेका थिए।
उनीहरूले एनओसी विधेयक खारेज गर्, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन मुर्दावाद, शिक्षा मन्त्रालय जान दे, शिक्षामन्त्री बोलाइ दे लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका छन्।












