काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् । छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका हुन्।
पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको उनका पौडेलका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । डा. बमका अनुसार राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागमा थोरै पानी देखिएको छ। सङ्क्रमणको कारण थाहा पाउन परीक्षणका लागि पठाइएको उनको भनाइ छ ।
१८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।












