भरतपुर । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्।
फेसबुकमा फोटो सेयर गर्दै दुवैजनाले आफुहरु वैवाहिक सम्बन्धमा बाधिन लागेको जानकारी दिएका हुन्।
उनीहरु लेख्छन्, ‘जिवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जिवनकै सुखद पक्ष हो । चाहाना एति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस । जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार ईगेंज्मेन्ट गरेका छौ । यो माया प्रेम अनि आशिर्वादको धेरै धेरै धन्यवाद ।’ पछिल्लो समय उनीहरु प्रेमसम्बन्धमा रहँदै आएका थिए।











