काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार देशका कुल परिवारमध्ये ५१ प्रतिशतले खाना पकाउन अक्सर काठ/ दाउरा प्रयोग गर्ने गरेका छन्।
देशका कुल परिवारमध्ये ४४ प्रतिशतले खाना पकाउन ग्यास प्रयोग गर्ने गरेको पाइएको छ।
राष्ट्रिय जनगणना २०६८ अनुसार ६४ प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए।
खाना पकाउन अक्सर एल.पी.ग्यास, बिजुली, गुईंठारगोरहा, बायोग्यास, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ४४.३, ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको तथ्यांक कार्यालयले जनाएको छ।












