काठमाडौं। २०७८ सालको जनगणना अनुसार १८ वर्षभन्दा कम उमेरका कुल ९८ लाख ६९ हजार ५८३ बालबालिका रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा यी बालबालिका संख्यामध्ये सबैभन्दा बढी ७७.९ प्रतिशत बालबालिका आमाबाबु दुवैसँग बस्ने गरेको उल्लेख छ।
आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत र बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेको जनगणना विवरणमा उल्लेख छ।












