चितवन। भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीमा आज (शुक्रबार) दिउँसो १:२० बजेको समयमा पौडी खेल्ने क्रममा मानिस बेपत्ता भएका छन् भने अर्का एकजनाको सकुसल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बर्दिया बारबर्दिया नगरपालिका –९ घर भएका दुवैजना भरतपुर–२७ स्थित राईनो होटलको कन्सट्रक्सनमा काम गर्दथे ।
बेपत्ता हुनेमा १९ वर्षिय राजेश चौधरी र सोही वर्षका सुन्दर चौधरीको सकुसल उद्दार भएको छ । ईलाका प्रहरी कार्यालय दिव्यनगर र वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्दार सहितको टोलीले बेपत्ताको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए ।












