काठमाडौं। राष्ट्रपति कार्यालयले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो सच्याएको छ। कार्यालयले आफ्नो वेबसाइटमा राष्ट्रपति पौडेलको फोटो अनावश्यक सम्पादन गरी राखेको थियो।
राष्ट्रपतिको अनुहारमा रहेका ठूला कोठीहरू पनि हटाएर फोटो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।
पौडेलको दुबै गालामा कोठी छन्। तर राष्ट्रपति कार्यालयले अनुहारका पहिचान सूचक निशानहरु नै हटाएर सफा फोटो वेबसाइटमा अपलोड गरेको थियो। बुधबार कार्यालयले राष्ट्रपति पौडेलको पुरानै हुलियाको फोटो राखेको छ।












