काठमाडौं। नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्न संघीय र प्रदेश सांसदहरुलाई मतदान गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता डा प्रकाशसरण महतले जानकारी दिए।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ। साथै बैठकले फागनु २५ गते राष्ट्रपतिमा निर्वाचित भएकोमा कांग्रेसका तत्कालिन नेता रामचन्द्र पौडेललाई बधाई दिएको छ।












