चितवन । नेकपा एमाले भूमी व्यवस्था विभागको सदस्यमा चितवनका नेता नवराज ढकाल मनोनित भएका छन् । नेकपा एमाले भरतपुरका उपसचिव समेत रहेका युवा नेता ढकाल भूमी ब्यवस्था विभागको सदस्यमा मनोनित भएका हुन् ।
माक्र्ससवाद–लेनिनवाद र जनताको बहुदलिय जनवादलाई मार्गदर्शनको शिद्धान्तको रुपमा आत्मसाथ गर्दै पार्टिको सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताकासाथ अनुशरण गर्दै विद्यानलाई ईमान्दारीताकासाथ पालना गर्ने ढकालले बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक समारोहमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उनलाई सपथ गराएका छन् ।













