काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्कुले बालबालिकासँग सडकको फुटपाथमा पोलेको मकै खाएको भन्दै सामाजिक सञ्जालमा फोटो पोस्ट गरेका छन् ।
पोलेको मकै खाँदा एकदमै मज्जा आएको ओलीले बताएका । ‘पार्टी कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किँदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो ’ ओलीले लेखेका छन्, ‘नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।’
तस्बिरमा ओलीले सडकको फुटपाथमा स्कुले बालबालिकासँगै पोलेको मकै खाइरहेको देखिन्छ ।