काठमाडौँ । कोरोना महामारी अघि र पछिको एसईई नतिजा तुलनात्मक रुपमा खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार कोभिड अगाडि र अहिले नतिजा तुलनात्मक रुपमा खस्किएको देखिएको हो ।
कोभिड अगाडि अर्थात शैक्षिक सत्र २०७५ मा २ लाख २९ हजार १३४ छात्रा र २ लाख ३० हजार १४१ जना छात्र परीक्षामा सहभागी भएकामा शैक्षिक सत्र २०७८ मा सो संख्या बढेर छात्रा २ लाख ४६ हजार ९४१ जना र छात्र २ लाख ४८ हजार ७८४ जना सहभागी थिए ।
जसमा विभिन्न जीपीए ल्याएर उत्तीर्ण हुनेको संख्या खस्किएको हो । तथ्यांकअनुसार शैक्षिक सत्र २०७५ मा ३.६ देखि ४.० जीपीए ल्याएर उत्तीर्ण हुने प्रतिशत ३.८३ थियो तर यो वर्ष १.९४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर तीन वर्षअघि ११.१३ प्रतिशत उत्तीर्ण भएका थिए । यो वर्ष सो प्रतिशत घटेर ८.४० मा सीमित भएको छ ।
यस्तै तीन वर्षअघि २.८ देखि ३.२ जीपीए ल्याउने १३.८८ प्रतिशत, २.४ देखि २.८ जीपीए ल्याउने १६.६७ प्रतिशत, २.० देखि २.४ प्रतिशत ल्याउने २१.३८ प्रतिशत, १.६ देखि २.० ल्याउने २०.७५ प्रतिशत, १.२ देखि १.६ ल्याउने ९.५५ प्रतिशत, ०.८ देखि १.२ जीपीए ल्याउने ०.९६ प्रतिशत परीक्षार्थी रहेका छन् यस शैक्षिक क्षेत्रमा सोही जीपीएमा उत्तीर्ण प्रतिशत क्रमशः १४.१०, १८.३१, २२.७४, २०.२९, ८.९९, ०.६६२ रहेको छ। तथ्यांकअनुसार केही जीपीएमा सुधार देखिएपनि अधिकांशमा खस्किएको नतिजा देखिएको हो ।
यस्तै तीन वर्षअघि ८ हजार ४६९ जना परीक्षामा गयल भएकामा यो वर्ष २२ हजार ६४० जना गल भएका छन् । जुन १.८४ प्रतिशतबाट बढेर ४.५७ प्रतिशतमा पुगेको हो ।
जीपीएअनुसार नतिजा
नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ ।
यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ ।












