चितवन । चितवनको पर्यटकीय केन्द्र सौराहास्थित होटल सेवन स्टार लिमिटेडमा हिजो सम्पन्न अर्पण सौराहा सांगीतिक साँझ २०८२ मा गायक थानेश्वर गौतम को विशेष प्रस्तुती मुख्य आकर्षण बनेको छ।
उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै कार्यक्रमस्थलमा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए। गीतसँगै दर्शकको ताली, साथ र उत्साहले पूरा हल सांगीतिक माहोलमा झुमेको थियो।
कार्यक्रमले सौराहाको पर्यटन र सांस्कृतिक वातावरणलाई थप जीवन्त बनाएको आयोजकले जनाएको छ। थानेश्वर गौतमको दमदार प्रस्तुतीले कार्यक्रममा छुट्टै रौनक थपेको उपस्थित दर्शकहरूले बताएका छन्।
स्थानीय कला, संगीत र पर्यटन प्रवर्द्धनलाई जोड दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।












