काठमाडौँ । भारतले न्यूजील्याण्डलाई २५६ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको फाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनाएको हो ।
भारतका लागि सन्जु सामसनले सर्बाधिक ८९ रन बनाएका थिए भने इशान किसनले ५४ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ५२ र शिभम दुबेले अविजित २६ रन बनाए भने हार्दिक पाण्डेयले १८ रन बनाएका थिए ।
त्यस्तै न्यूजील्याण्डका बलर जेम्स निशामले ३ विकेट लिए भने माट हेनरी र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए ।











