चितवन । भरतपुर महानगरपालिका–२९ जुगेडीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुं भानु नगरपालिका–८ बस्ने वर्ष ३२ को अनिष नेपाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आज बिहान करिब २ः१५ बजेको समयमा नवलपरासीबाट काठमाण्डौतर्फ गई रहेको प्रदेश२–०३–००१ ख ४४२७ नम्बरको सिमेन्ट बोकेको ट्रकले मुग्लिनबाट जुगेडीतर्फ आउँदै गरेको लु प्र०१–००८ प ६२९३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका नेपाललाई उपचारको लागि भरतपुर अस्पताल पठाउने क्रममा आजै बिहान साढे ३ बजेको समयमा मृत्यु भएको चितवन प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
प्रहरीले ट्रक र ट्रक चालक धनुषा धनुषाधाम नगरपालिका–६ बस्ने वर्ष २४ को रबिन बल तामाङलाई नियन्त्रणमा लिएको छ ।











