भरतपुर महानगरपालिका-२२ बस्ने जापानीज इन्सेफ्लाइटिस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
७० वर्षीय पुरुष संक्रमितको करिव एक हप्ता अगाडि पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएको रिपोर्ट भने आज शुक्रबार मात्र प्राप्त भएको जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर क्न्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए।
यससंगै चालू आवको आजसम्म जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।














