काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याउन लागिएको छ।
उनलाई ललितपुरस्थित नख्खु कारागार राखिने भएको छ।
हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो।
सोही अनुसार, उनलाई आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लान लागिएको हो ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी उनलाई लिन कारागार पुगेको छ । अब केहीबेरमा उनी जहाज हुँदै काठमाडौं आउनेछन् ।
दिउँसो ३ बजेर १० मिनेटमा उनलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
रविले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याउन लागेको हो ।












