चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिचले भदौ २ गते भरतपुरमा शैक्षिक मेला (अष्ट्रेलियन एजुकेशन फेयर) गर्ने भएको छ ।
हरेक वर्ष जस्तै जनवरी फेब्रुअरी इन्टेकलाई लक्षित गर्दै भरतपुर ओरालो स्थित आफ्नै कार्यालय परिषरमा उक्त मेला गर्न लागेको हो ।
संस्थाका चितवन शाखा प्रमुख सुरेश पौडेलले अष्ट्रेलिया जाने विद्यार्थी एव अभिभावकलाई कलेजका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्य सहित शैक्षिक मेला गर्न लागिएको जानकारी दिए ‘हामीले चितवनमा हरेक बर्ष दुईपटक शैक्षिक मेला गर्दै आएका छौं’, उनले भने, ‘कलेज तथा युनिभर्सिटीका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श गर्न पाउनेछन ।’
शैक्षिक मेलामा ८ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिले परामर्श दिने उनले बताए । मेलामा कुनैपनि संकायका व्याचलर देखि पिएचडीसम्मका विद्यार्थीले स्कलरसिप, फि स्ट्रक्चर, कोर्स लगायतका बिषयमा परामर्श लिनसक्ने छन् । सहभागी विद्यार्थी तथा अभिभावकलाई मायाको चिनो उपलब्ध गराइने छ ।
शैक्षिक डकुमेन्ट तयार भएका विद्यार्थीले ‘अन द स्पट एप्लाई’ गर्न सकिने उनले बताए । साउथ एशियामा नै सबैभन्दाबढी युनिभर्सिटी र कलेजसंँग सहकार्य गर्दै आएको ग्लोबल रिच बाट आवेदन दिंँदा विद्यार्थीले आफ्नो छनोट अनुसारको बिषय र युनिभर्सिटीमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने पौडेलको भनाई छ । मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थी तथा अभिभावक सहभागी हुनेछन् ।
बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने पौडेलले जानकारी दिए । ग्लोबल रिचले विगत ३४ वर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १९ वर्षदेखि नेपालमा सेवा दिईरहेको छ । ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा, चितवन गरी चारवटा शाखा छन् भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा सञ्चालनमा छन् ।
संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, बेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ।












