चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै माथिबाट ढुंगा खसेर ट्रकमा सवार दुई जना घाइते भएका छन् ।
आज दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुंगा खस्दा ट्रकमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले आग्रह गरेको छ ।













