काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको छ।
बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको हो ।
क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट क्यानलाई नेट २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ नाफा भएको जानकारी दिइएको छ ।
क्यानले एनपीएलबाट कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको थियो ।
जसमा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको छ । प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको क्यानले जनाएको छ । जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन् ।












