काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यति बेला मुलुकभर हस्ताक्षर अभियान चलाएको छ।
यो अभियान बाहिरी मुलुकसम्म पनि पुर्याइएको छ। सो क्रममा इजरायल र दक्षिण कोरियामा पनि अभियान पुगेको रास्वपाले जनाएको छ। सामाजिक सञ्जालमा हस्ताक्षर अभियानका तस्बिरहरू सार्वजनिक गर्दै रास्वपाले सो बारे जानकारी गराएको हो।
असार पहिलो सातादेखि रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ। पार्टी स्थापना दिवसका अवसरमा काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो।












