थाइल्याण्डको संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट निलम्बन गरेको छ।
उनको पद खारेज गर्न माग गरिएको मुद्दाको सुनुवाइ नसकिएसम्म उनी निलम्बनमा रहनेछिन् भनी समाचार संस्था रोएटर्सले लेखेको छ।
अदालतले ३६ सिनेटरहरूबाट ३८ वर्षीया पेटोङटार्नविरूद्ध आएको निवेदन उपर सुनुवाइ गर्दै सो आदेश दिएको हो।
सो निवेदनमा पेटोङटार्नलाई कम्बोडियाका प्रभावशाली पूर्वनेता हुन सेनसँगको उनको टेलिफोन कुराकानीका आधारमा बेइमानी र संवैधानिक नैतिकताको मापदण्ड उल्लंघन गरेको आरोप लगाइएको छ।












