काठमाडौं । मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरूद्ध उत्कृष्ट ब्याटिङ गरेको छ।
टस जितेको इन्डोनेसियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनाएको हो।
नेपालका लागि ओपनिङ ब्याटर प्रसिद्ध जैशीले शतक प्रहार गरे। उनले १३२ रनको योगदान गरे। ११४ बल खेलेका प्रसिद्धले १५ चौका र १ छक्का प्रहार गरे।











