काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको अवरोध पछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ ।
आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसुची रहे पनि प्रतिपक्षी दलले अवरोध गरे पछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसुचीवाट हटाइएको हो ।
‘बिशेष कारणवस आज निर्धारित प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसुची हटाइएको छु,’ सभामुख देवराज घिमिरले भने ।












