काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाले राति बस बगाएको छ।
प्रहरीका अनुसार तीन बालबालिकासहित ३८ यात्रु लिएर पूर्वबाट बर्दियाजाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजेतिर बगाएको हो।
तर बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले बताए। बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ।












