भरतपुर । चितवनमा फेबर प्लाटिनम स्टुडियो शुभारम्भ भएको छ । बिहीबार एक कार्यक्रमबीच केन्द्रीय बसपार्क भरतपुरमा रहेको फेबर प्लाटिनम स्टुडियोको शुभारम्भ गरिएको हो ।
भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले उक्त शो रुमको उद्घाटन गर्दै फेबर अहिलेको समयसापेक्ष उत्पादन भएको बताए । उनले शो रुमको सफलताको कामना पनि गरे ।
चितवनमा शुभारम्भ भएको फेबरको यो १३ औँ प्लाटिनम स्टुडियो हो । काठमाडौँमा सात, कोशी प्रदेशमा तीन, पोखरा, बुटवल र भरतपुरमा तीन गरी फेबर प्लाटिनम स्टुडियोको संख्या १३ पुगेको छ । नेपालमा युएचएस होल्डिङ्स प्रालिले इटालियन ब्रान्ड फेबरको सामानहरु आयात गरेर वितरण गर्दै आएको छ । फेबरले चिम्नी, ओभन, डिसवासरलगायतका सामानहरु उत्पादन गर्दै आएको छ ।
युएचएस होल्डिङ्सका सेल्स डाइरेक्टर नवराज कार्कीले नेपाली ग्राहकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै देशभर १३ वटा प्लाटिनम स्टुडियो विस्तार गरिएको जानकारी दिए । युएचएस होल्डिङ्सले नेपालमा विगत १० वर्षदेखि फेबरको सामान बिक्री गर्दै आएको छ । उनले बजारमा उपलब्ध किचनका सामानहरुमा फेबरको उत्पादन सबैभन्दा गुणस्तरीय रहेको दाबी गरे । यही कारण नेपाली बजारमा फेबर अहिले धेरैको रोजाइमा पर्दै गएको उनको भनाइ थियो ।
यसले आफ्ना उत्पादन तथा प्रविधिको कारण अन्तर्राष्ट्रियस्तरमै आफ्नो छट्टै अव्बल स्थान बनाएर औेद्योगिक सफलता प्राप्त गरिरहेको उनले बताए । चितवनमा पनि यसले बजार लिइरहेको फेबर चितवनका सञ्चालक ध्रुव भुसालले बताए । विश्व बजारमा सात प्लान्टसहित प्रमुख ६ देशहरु इटाली, स्वीडेन, फ्रान्स, टर्की अर्जेन्टिना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ ।
सन् २००५ मा स्थापित युएचएस होल्डिङ्स प्रालि नेपालमा निर्माण सामग्री, मोड्युलर किचनलगायतको आयातकर्ता र वितरकको रुपमा स्थापित रहेको छ । युएचएस होल्डिङ्सले आवासीय र व्यावसायिक दुवै क्षेत्रलाई सेवा प्रदान गर्दै आएको छ ।












