चितवन । अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको बिएमडब्लु एजुकेसन कन्सल्टेन्सी र चितवनमा मुख्य कार्यालय रहेको श्रीज्मा एजुकेसनले चितवनमा संयुक्त रुपमा सेवा दिने भएका छन् । दुवै कन्सलटेन्सीले एकै ठाउँबाट संयुक्त रुपमा सेवा दिने भएका हुन् ।
कन्सलटेन्सीहरुले आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक सत्र २०२५–२०२६ को लागि २५ जनालाई तयारी कक्षामा छात्रवृत्ति दिने घोषणा समेत गरेका छन् ।
बिएमडब्लु सन् २००९ मा नेपालीहरुद्वारा सञ्चालित संस्था हो । यसले अस्ट्रेलियाको सिड्नी र मेलबर्न तथा अमेरिकामा समेत सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त बिएमडब्लुको काठमाडौँ, पोखरा, चितवन र बर्दघाटमा गरी ६ वटा शाखा रहेका छन् ।
चितवनका जितेन्द्र पौडेलले सञ्चालनमा ल्याएको श्रीज्माले विगतमा आइइएलटिएस, पिटिई, टिओइएफएल लगायतका तयारी कक्षाहरु सञ्चालन गरी हजारौँ विद्यार्थीहरुलाई सेवा दिइसकेको छ । बिएमडब्लु र श्रीज्मा आइइएलटिएसका लागि ब्रिटिस काउन्सिल एवं आइडिपी नेपाल, पिटिईको लागि पिटिई नेपाल र टिओइएफएलको लागि इटिएस नेपालका अधिकृत दर्ता केन्द्र हुन् ।
मेधावी विद्यार्थीहरुलाई अस्ट्रेलियालगायतका कलेज तथा विश्वविद्यालयहरुमा छात्रवृत्ति प्राप्त गर्नका लागि सहजीकरण गर्दै जाने बिएमडब्लु एजुकेसनका प्रबन्ध निर्देशक मणि सिलवालले बताए ।
बिएमडब्लु र श्रीज्माले परीक्षा तयारी, करिअर परामर्श, छात्रवृत्ति सहायता, भर्नाको लागि सहयोग, कागजपत्र तयारी र भिसाका लागि सहयोग, यात्रा सहायतालगायत सेवा दिने बताइएको छ ।












