काठमाडौँ । नवनियुक्त सङ्घीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित समारोहमा उनले आफ्नो पदको शपथ लिएका हुन्। उनलाई सभामुख डोल प्रसाद अर्यालले शपथ गराए।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका थिए ।
संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्। सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए।












